चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना घाइते

चट्याङ लागेर १९ जनाको ज्यान गयो, ७ जना घाइते

भारत । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । 

बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर ज्यान गएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो । 

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् ।