ओली विरुद्ध आक्रामक बालेनको प्रश्न- नागरिकको जीवनसँग खेलवाड गरेर भोटको राजनीति कति गर्ने?

ओली विरुद्ध आक्रामक बालेनको प्रश्न- नागरिकको जीवनसँग खेलवाड गरेर भोटको राजनीति कति गर्ने?

काठमाडौं। सामाजिक सञ्जालमा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले फेरि ओली विरुद्ध फायर खोलेका छन्।

शनिबार राति सामाजिक सञ्जालमा फेसकमा लामो स्टाटस लेख्दै मेयर बालेनले काठमाडौंमा केही घण्टा पानी पर्दा काठमाडौं खोला छेउ बस्ने धेरै डुनामा परेको उल्लेख गर्दै उनले खोला बस्तीमा पसेको नभइ, खोला आफ्नो बाटो हिँड्न खोजेको जनाएका छन्।

बालेनले एक दिन पानी पर्दा काठमाडौंमा यस्तो हालत छ भने केही दिन लगातार पानी पर्दा के होला भन्दै प्रश्न पनि गरेका छन्। उनले काठमाडौंका खोला छेउ बस्ने नागरिकको जीवनसँग अब धेरै खेलवाड गर्न नहुने चेतावनी पनि दिएका छन्।

‘उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ?’ बालेनले ओलीलाई भनेका छन्।

काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेको उल्लेख गर्दै बालेनले भनेका छन्–तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ। अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु।