प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन् । उनको सचिवालयका अनुसार यसबारेको जानकारी गराउँदै संसद् सचिवालयलाई पत्रसमेत पठाइसकिएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारेको औपचारिक निर्णय आजै बस्ने सत्ता गठबन्धनको बैठकले गर्नेछ । गठबन्धनको बैठक केहीबेरमा बस्दैछ । सबैभन्दा ठूलो सत्ता साझेदार दल नेकपा (एमाले) १९ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो । त्यसअनुरूप प्रधानमन्त्री प्रचण्डले साउन १९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्थ्यो तर, उनले चाँडै मत लिन लागेका हुन् ।

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । अहिले उनीमाथि आफ्नो दल नेकपा (माओवादी केन्द्र) का अलवा रास्वपा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले मात्रै समर्थन जारी राखेका छन्  ।