शंखमुलको पुलबाट हामफाल्न खोजेका युवककाे उद्धार

शंखमुलको पुलबाट हामफाल्न खोजेका युवककाे उद्धार

काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।

पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए । उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए ।