आज यी प्रदेशमा भारी वर्षा, बाढी, पहिरो तथा भूक्षयको जोखिम, सर्तकता अपनाउन मौसमबिदको आग्रह

आज यी प्रदेशमा भारी वर्षा, बाढी, पहिरो तथा भूक्षयको जोखिम, सर्तकता अपनाउन मौसमबिदको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका १८ जिल्ला र त्यस आसपास बाढीको जोखिम रहेकाले त्यस क्षेत्रका बासिन्दालाई होसियार अपनाउन सुझाव दिएको छ। 

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।