जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा जंगली च्याउ खाँदा एकै परिवारका सात जना बिरामी परेका छन्।

भीमफेदी गाउँपालिका–६ स्थित उर्लाघारीकी ६५ वर्षीया मङ्गलीमाया स्याङ्तानसहित सातजना बिरामी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मंगलीका छोरा ३२ वर्षीय बुद्धिबहादुर, उनकी श्रीमती ३० वर्षीया पासाङमाया, छोरा लासाङ स्याङ्तान बिरामी भएका छन्। यस्तै १९ वर्षीया लक्ष्मीमाया, १५ वर्षीया पार्वती र ७ वर्षीया आरती पनि बिरामी परेका छन्। 

च्याउ खाएपछि उनीहरू गएरातिदेखि बिरामी परेका थिए। प्रहरीका अनुसार मंलीमाया  र  लक्ष्मीमायाको उपचार हटौँडा अस्पतालमा उपचार भइरहेको छ। पाँच जनालाई थप उपचारको लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ।