सोमबार कोरियन वन, मलेसियन रिंगिट र कतारी रियालको भाउ घट्यो

काठमाण्डौ : सोमबार कोरियन वन र मलेसियन रिंगिट र कतारी रियालको भाउ घटको छ भने कुवेती दिनार र ओमानी रियालको भाउ बढेको छ । अमेरिकी डलर लगायत अरु विदेशी मुद्राको भाउमा कुनै परिवर्तन भएको छैन ।

सोमबारका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो ।

यस्तै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिददर २९६ रुपैयाँ ३५ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । आइतबार यसको १ को खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकेको छ । आइतबार यसको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ४८ पैसा तोकेको छ ।