सोमबार सुनको भाउ फेरी बढ्यो

काठमाडौं : सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । आईबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेर ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।