दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।  अघिल्लो दिन आइतबार  १४.८३ अंकले घटेको नेप्से यसदिन १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा अडिएको हो।

सेन्सेटिभ इण्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा अडिएको छ। यसदिन ३२३ स्क्रिप्सको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ३ अर्ब ६० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले नेप्से बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। हिमालया ऊर्जा विकासको सेयर मूल्य सर्वाधिक ९.७४ प्रतिशतले बढ्यो।

दोर्दी खोला जल विद्युतको  सेयर ८.४७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्टको ७.५२,हिमालयन बैंकको ७.४८ प्रतिशतले सेयर बढ्यो। नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबारमा आएका १७६ स्टकको मूल्य बढ्दा ६० वटाको मूल्य घट्यो । बाँकी ११ वटा स्टकको मूल्य भने स्थिर रह्यो।

यसदिन दुई समूहको उपसूचकबाहेक अन्यको सूचक भने सकारात्मक देखिएका छन्। फाइनान्स र मनु एण्ड प्रोको उपसूचकबाहेक अन्य समूहको उपसूचक ओरालो लागेको हो।