आज यी ३९ जिल्लामा बाढीको जोखिम

आज यी ३९ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज  देशका ३९ जिल्लासहित आसपासका क्षेत्रमा बाढी आउने जोखिम रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

आज यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा, सतर्कता अपनाउन आग्रह बाढी महाशाखाको बुलेटिनअनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाटन सुस्तापश्चिम), पाल्पा, तनहुँ, स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना छ। 

यसैगरी इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहने देखिएको बाढी महाशाखाले जनाएको छ।