घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा  बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ । बुधवार १ हजार ७९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार भने सामान्य गिरावट आएको हो ।