ह्वात्तै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो।

जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।