२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दा पक्राउ

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दा पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । 

पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको कार्यालयका एक अधिकारीले जानकारी दिए । 

पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी गराउने छ ।