चलिरहेको  पंखा खसेर शरीरमा लाग्दा एक जनाको मृत्यु

चलिरहेको  पंखा खसेर शरीरमा लाग्दा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा खसेर लाग्दा एक जना वृद्धको मृत्यु भएको छ।  

बेदकोट नगरपालिका – ७ गाउजी बस्ने वर्ष ६८ का रत्न प्रकाश लामिछानेको पंखाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसी राखेको अवस्थामा सोही फ्यान शरीरमा खसेर लाग्दा उनी गम्भीर घाइते भएका थिए। 

उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।