राति सातै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षाको सम्भावना

राति सातै प्रदेशमा पानी पर्ने, तीनवटामा भारी वर्षाको सम्भावना

काठमाडाैं। आइतबार साँझ कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ।

कोशी, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ।

यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच राति बागमती प्रदेशको काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। मौसम महाशाखाले राति भन्नाले आज आइतबार साँझ ६ बजेदेखि भाेलि सोमबार बिहान ६ बजेसम्मको अविधिलाई मानेको छ।