आईतबार सुनको भाउ बढ्यो

काठमाडौं : आईतबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शनिबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार २ सय कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।