बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

सुर्खेत। भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्। घाइतेको उद्धार पनि भएको छ।  

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका-९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिए। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए।

बाढीमा परी कुशे-४ तम्तीका  राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिए।