१७ वर्षीया किशोरी प्रहरीचौकी भित्रै बलात्कृत

१७ वर्षीया किशोरी प्रहरीचौकी भित्रै बलात्कृत

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा प्रहरीबाटै पटक–पटक १७ वर्षीय किशोरीको सिकार बनेको खुल्न आएको छ । प्रहरीचौकी भार्ता–३ मा कार्यरत २४ वर्षीय सन्तोष बोटले सोही स्थानकी कक्षा ८ मा पढ्दै गरेकी १७ वर्षीया करुणा थापा (नाम परिर्वतन) लाई प्रहरीचौकी भित्रै जबरजस्ती करणी गरेको खुल्न आएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोही घटनालाई लिएर पीडितले गत जेठ १६ गते किटानी जाहेरी दिएकी थिइन् । जाहेरीमा गत जेठ ११ गते राती करिब १ बजे पीडित किशोरीलाई छात्रावासभित्रै जबरजस्ती करणी गरेको र त्यसअघि पनि प्रहरीचौकी भित्रै रहेको भान्सा कोठामा आफूलाई पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार पीडित भनिएकी किशोरीले यसअघि पनि पटक–पटक प्रहरी जवानले बलात्कार गरेको भन्ने जाहेरीमा उल्लेख गरेकी छन् । उनले भने,'जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा जाहेरी दर्ता भएलगत्तै अनुसन्धान सरु गरेका थियौं। अनुसन्धानको क्रममा दुवैबीच करिब ७/८ महिनादेखि प्रेम सम्बन्ध रहेको समेत खुल्न आएको छ । उनीहरूबीच आदनप्रदान भएका प्रेम पत्रहरुसमेत फेलापरेको उनले बताए ।

हाल उक्त घटनाको अनुसन्धान गरेर प्रहरी जवान बोटलाई सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक रिजालले बताए ।