प्रहरीलाई झुक्काउन नम्बर प्लेट नै परिवर्तन

प्रहरीलाई झुक्काउन नम्बर प्लेट नै परिवर्तन

काठमाडौं : गुल्मीका नारायण जिसीको पल्सर मोटरसाइकल काठमाडौको वीर अस्पताल नजिकै पार्किङ स्थलबाट गत भदौ ७ गते हरायो । मोटरसाइकल हराएको भोलिपल्टै उनले ट्राफिक प्रहरी महाशाखा रामशाहा पथमा निवेदन दिए । तर उनको मोटरसाइकल २ महिना बितिसक्दा समेत फेला परेको थिएन । यता ट्राफिक प्रहरीले भने सवारी चेक जाँच तीव्र बनाएको थियो ।

कार्तिक २८ गते प्रदेश ३ –०२–००६–प १०३३ नम्बरको मोटरसाइकल कालीमाटीमा चेक गर्नेक्रममा कुनै कागजात नभएको पाएपछि ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लियो र कागजात लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्पर्क गरी मोटरसाइकल लिन चालकलाई भन्यो । मोटरसाइकलका चालकले २ घण्टामा मोटरसाइकल लिन कागजात सहित आउने बताए । तर २ दिनसम्मपनि मोटरसाइकलका धनी प्रहरीको सम्पर्कमा नआएपछि प्रहरीले थप अनुसन्धान थाल्यो ।
प्रहरीनै छक्क
जब मोटरसाइकल को चेसीस नम्बर बारे अनुसन्धान गर्दा त मोटरसाइकलको नम्बर नै फरक पाएको महानगरीय ट्राफिक वृत्त कालीमाटी प्रमुख धमेन्द्र रावलले बताए । प्रदेश ३– ०२ –००८– प २६९ नम्बरको मोटरसाइकल को नम्बर परिवर्तन गरेर चलाएको पाइयो ।

त्यसपछि बुझ्दै जाँदा गत भदै ७ गते गुल्मीका नारायण जिसीको हराएको भनिएको मोटरसाइकल भएको पुष्टि भयो । यसरी नम्बर नै परिवर्तन गरेको थाहा भएपछि सवारी चेक जाँचलाई अझ बढाएको वृत्तका प्रमुख रावलले बताए ।

सवारी धनीलाई हस्तान्तरण
प्रहरीले फेला पारेको ०२ –००८– प २६९ नम्बरको मोटरसाइकल आज सवारी धनीलाई बुझाइएको छ । ट्राफिक वृत्त कालीमाटीका प्रमुख धमेन्द्र रावलले उक्त मोटरसाइकलका धनी नारायण जिसीलाई वित्तमा बोलाएर मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
४ महिनामा ५ सय बढी मोटरसाइकल हराए
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट गत श्रावण देखी हालसम्म ५ सय ४४ वटा मोटरसाइकल हराएको निवेदन महाशाखामा परेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रवि कुमार पौडेलले जानकारी दिए ।

त्यस्तै मोटरसाइकल चोरीमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनको भनाई छ । तिमध्उ कतिपयलाईभने मृद्धादर्ता गरी आवश्यक कारबाही गरिएको उनले बताए । यस्तै प्रहरीले चालुआर्थीक वर्षमा १ सय २८ वटा मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाएको प्रवक्ता पौडेलले बताए ।