टी–२० विश्वकप खेलेर नेपाली क्रिकेट टीम फर्कियो

टी–२० विश्वकप खेलेर नेपाली क्रिकेट टीम फर्कियो

काठमाडौं । क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएको  छ। एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे अवतरण गरेको हो।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जितनजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रोपटक टी-२० विश्वकपमा सहभागी बनेको हो।