आज यी ७ जिल्लामा भारी वर्षासंगै बाढीको जोखिम, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

आज यी ७ जिल्लामा भारी वर्षासंगै बाढीको जोखिम, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

आज  दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेस प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी , मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

बाढी महाशाखाले बिहीबार बिहान सूचना जारी गरी इलाम, झापा, ताप्लेजुङ, संखुवासभा, दोलखा,लम्जुङ, तनहुँ रआसपास भई बहने केही ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको जानकारी दिएको हो। 

महाशाखाका अनुसार आगामी ३ दिन कोसी र यसका प्रमुख सहायक नदीहरूमा बाढी सतर्कता आसपास रहने र अन्य अरुण, सुनकोसी तथा कन्काईमा जलसतह बढ्दो हुने अनुमान छ। तसर्थ यी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।