संसद् भवनमा गोली चल्यो, सुरक्षाकर्मीले आत्महत्या गरेको आशंका

संसद् भवनमा गोली चल्यो, सुरक्षाकर्मीले आत्महत्या गरेको आशंका

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् । 

आफैँले गोली हानी आत्महत्या गरेको काठमाडौं प्रहरीका एक अधिकारीले जानकारी दिए । प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ ।   संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

सुरक्षामा खटिएका अजित गोलेले आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ ।