सुनको मूल्यमा गिरावट,  कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट,  कतिमा हुँदैछ कारोबार ?

काठमाडाँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो तोलामा एक हजार छ सय रुपैयाँले बढेको सुनको भाउ आज छ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदी २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।