यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।

२०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।


यी एक सय दिनमा उनले ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि हाँसिल गरेको जनाएका छन् ।

लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रणमा तीन बुँदा, सूचना प्रविधि प्रयोगमा पाँच बुँदा तथा विविधतर्फ १९ बुँदासहितको उपलब्धि सुनाएका हुन् ।