कार्यालयभित्रै महिला प्रहरी जवानको शंकास्पद मृत्यु

कार्यालयभित्रै महिला प्रहरी जवानको शंकास्पद मृत्यु

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवानको शंकास्पद मृत्यु भएको छ ।

कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । मृत्यु भएको खबर फैलिएपछि स्थानीय र पत्रकार भेला भएका छन् । तर, प्रहरीले कार्यालय प्रवेशमा सबैलाई रोक लगाएको छ ।

कार्यालय बाहिर भीड जम्मा भएको छ । उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।