काठमाडौंमा नौ वर्षयताकै गर्मी, कति पुग्यो तापक्रम ?

काठमाडौंमा नौ वर्षयताकै गर्मी, कति पुग्यो तापक्रम ?

काठमाडौं । काठमाडौंमा बदली र वर्षा कम हुँदा गर्मी बढेको छ । काठमाडौंमा धेरै समय मौसम बदली नहुनु र धेरै ठाउँमा लामो अवधिसम्म वर्षा नहुँदा गर्मी बढेको हो ।

जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा हुन सकेको छैन । जसका कारण गर्मी बढेको हो ।  काठमाडौंमा बुधबारको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार पनि यसकै सेरोफेरोमा तापक्रम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यो वर्ष काठमाडौंमा सबैभन्दा बढी ३४.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो । 

यो गत वर्षकोभन्दा काठमाडौंको बढी तापक्रम हो । विभागका अनुसार गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस थियो ।