प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु, असार ७ गते पारित गर्ने संसदको तयारी

प्रतिनिधिसभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु, असार ७ गते पारित गर्ने संसदको तयारी

काठमाडौं । प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी गरेको छ । संसदले असार ७ गते बजेट पारित गर्ने कार्यतालिका तय गरेको हाे  । 

आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु गरेको संसदले असार ७ मा बजेट पारित गर्न सकिने योजना बनाएको हो । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । प्रतिनिधि सभाको बैठक सार्वजनिक बिदाको दिन मात्रै नबस्ने गरी कार्यतालिका तय गरिएको छ ।

सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बजेटमाथि सामान्य छलफल सकिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।