गौशालामा दिनदहाडै गोली चल्यो

गौशालामा दिनदहाडै गोली चल्यो

काठमाडौं । महोत्तरीको गौशालामा दिनदहाडै गोली चलेको छ। गौशलाको मरहा खोलामा मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेर फरार भएका छन् ।

मोरटसाइकलमा सवार २ जनाको समूहले गोली प्रहार गर्दा गौशाला नगरपालिका ११ का ३२ वर्षीय विनयकुमार महतो (मुरारी) घाइते भएका हुन् । सोमबार दिउँसोको समयमा खोलाको बाटो हुँदै घरतर्फ फर्किने क्रममा उनीमाथि गोली प्रहार गरिएको थियो ।

ढाँडमा गोली लागेपछि गम्भीर घाइते भएको विनयको उपचारको लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए ।

घाइतेले गोली चलाउनेको फोटो आफ्नो मोबाइलमा पछाडिबाट खिच्न भ्याएका छन् । फोटोमा मोटरसाइकलमा भाग्दै गरेको दुईजना हतियारसँगै रहेको स्पष्ट देखिएको छ।घटना स्थलबाट २ राउन्ड गोलीको खोका र दुई राउन्ड गोली बरामद भएको छ। प्रहरीले घटना स्थलको प्रकृति मुचुल्का उठाएर घटनामा संलग्नहरुको व्यापक खोजतलास सुरु गरेको बताएको छ ।