बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, आठ जना घाइते

बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, आठ जना घाइते

रुपन्देही । कपिलवस्तुमा बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम भण्डारीले बताए। ।

दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको रअन्य ८ जना घाइते भएको उनले  जानकारी दिए। 

बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। उद्धारमा ढिलाई हुँदा उनको मृत्यु भएको हो। घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिए।