महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिने शोभा पाठक पक्राउ

महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिने शोभा पाठक पक्राउ

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको बताउँदै मिडियामा आएर चर्चामा आएकी जानुका उर्फ शोभा पाठक पक्राउ परेकी छिन्।

धादिङकी घर भई काठमाडौं बस्दै आएकी पाठकलाई प्रहरीको साइबर ब्यूरोले सोमबार पक्राउ गरेको हो। पक्राउको कारण भने बस्नेतसँगको मुद्दा नभएर अरू हो।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पाठक पक्राउ परेकी हुन्।

ललितपुरको पुल्चोकको एक घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोका एक अधिकारीले बताए ।

ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, ‘‘चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौँ । थप अनुसन्धान भइरहेको छ ।’’

पाठकले एमालेका नेता बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले उजुरी समेत दिएकी थिइन् ।