एमालेमा ओलीको विकल्प खोज्न थालियो, विद्या भण्डारीलाई अघि सार्दै चीन !

एमालेमा ओलीको विकल्प खोज्न थालियो, विद्या भण्डारीलाई अघि सार्दै चीन !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गम्भीर राजनीतिमा नरहेपछि एमालेभित्र ओलीको विकल्प खोज्न थालिएको छ।

त्यसका लागि उत्तम विकल्प पूर्व उपाध्यक्ष एवं दुई कार्यकाल राष्ट्रपति भइसकेकी विद्यादवी भण्डारी हुन सक्ने भन्दै उनलाई अगाडि ल्याउन खोजिएको छ। त्यतिमात्र होइन ओलीले चीनकोसमेत विश्वास जित्न नसकेपछि चीनले ओलीलाई भन्दा विद्या भण्डारीलाई साथ दिन खोजेको छ।

विद्या भण्डारीले असारमा चीनका औपचारिक भ्रमण गर्ने भएकी छन्। एमालेका एक नेताले भने, ‘उहाँको भ्रमण यही महिना भन्ने थियो, आन्तरिक कारणले अर्को महिना हुने भयो।’

एमालेभित्र केपी शर्मा ओलीको स्थानमा भण्डारी ल्याउने कसरत गरिरहेका केही एमाले नेताहरुले यो भ्रमणलाई अर्थपूर्ण राजनीति रहेको बताएका छन्।

एमालेभित्र शरधन राई, गोकुल बास्कोटा, कर्ण थापालगायतका मध्यमस्तरका नेताहरुले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन खाजिरहेका छन्। ‘सरकारको निमन्त्रणामै भ्रमण हुन लागको हो।

यसमा महामहिमको कुनै जोडबल होइन, उच्च तहको भ्रमण हुनेछ’, पूर्वराष्ट्रपति भण्डारी निकट स्रोतले भन्यो। २०७७ बैशाखमा कोरोना भाइरस (कोभिड(१९) को महामारीलाई लिएर दुई राष्ट्रपतिबीच कुराकानी भएको थियो ।

टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीले अरु बेलाभन्दा अन्तर्राष्ट्रिय समुदायबीच एक्यबद्धता र सहकार्य चाहिने बताएका थिए। त्यसयता नै पूर्व राष्ट्रपति भण्डारीले चीनलाई पहिलो प्राथमिकतामा राखेकी थिइन्।

चीन भ्रमणलाई लिएर एमाले पंक्तिभित्र एमाले र चीनको सम्बन्धलाई सुमधुर बन्ने अपेक्षा पनि गरिएको छ । कोरोना संक्रमणकै समयमा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धमा हलुका दरार आएको थियो।

नेपालका कम्युनिष्टहरुलाई एकै ठाउँ रहन चीनले दबाब दिँदै आएको बेला भण्डारीको नतेत्वुमा एमाले, माओवादी र नेकपा एसलार्ई एकै ठाउँमा ल्याउन सकिने चीनको बुझाइ रहेको एक थरी एमालेको धारणा छ।

राजनीतिमा आउने चर्चाबीच गत जेठ १६ गत प्रज्ञा भवनमा भएको एक कार्यक्रममा भण्डारीले गरेको सम्बोधनबाट एमाले पंक्तिका केही व्यक्तिलाई उत्साही भएका छन् ।

साथै अहिले हुने चीन भ्रमणलाई पनि उनीहरुले राजनीतिक रुपमा हेर्न थालेका छन्। २०७२ सालमा एमाले नेतृत्वमा ओलीको विकल्प  खोज्न थालिएको छ।

राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा छैनन्। एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन अध्यक्ष ओलीको उपस्थितिमा भण्डारीले गरेकी थिइन्।

अध्यक्ष नै उपस्थित भएको कार्यक्रममा पार्टीको कुनै औपचारिक पदमा नरहेकी भण्डारीले गरेको भेला उद्घाटनलाई राजनीतिक पुनरागमनको रुपमा हेरिएको छ। तर ओली भने भण्डारी र अष्टलक्ष्मी शाक्यको बीचमा बसेका थिए।

ओलीले भण्डारीलाई भन्दा शाक्यलाई अगाडि बढाउन खोजेको जस्तो देखिन्छ। ओलीले यसअघि भण्डारीलाई अगाडि ल्याएर राजनीति गरेको भए पनि ओली निकटका केही नेताहरुका अनुसार ओली भण्डारीबाट आफूलाई असुरक्षित महसुस गर्छन् ।

चीनलेसमेत आलीलाई मन नपराउने, राष्ट्रिय राजनीतिमा पनि ओलीको बोली छुद्र हुँदै जानु र अर्को छिमेकी भारत पनि ओलीसँग सन्तुष्ट हुन नसकिरहेका बेलामा अबको एमालेलाई जागाउने विकल्प विद्यामै रहेको भन्दै उनलाई नै अगाडि बढाउन खोजेको देखिन्छ ।

ओलीपछिको एमाले सम्हाल्ने नेता नै नभएको बेलामा विद्या अगाडि आउनु सकारात्मक भएकोसमेत बताइएको छ।