डा. शेखरको प्रश्न-प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत?

डा. शेखरको प्रश्न-प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत?

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन्।

उनले भनेका छन्- 'लामो घनिष्ठ सम्बन्ध, ब्यापारको झण्डै दुई-तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदुत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत? दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्।'

सरकारले भारत र अमेरिकालगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।