पहिरोले पुरिँदा ‘लोडर’ चालककै मृत्यु

पहिरोले पुरिँदा ‘लोडर’ चालककै मृत्यु

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको  ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ।  

आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर  हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए। 

गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। सो आयोजनाको क्षमता ४२ दशमलव ६० मेगावाट रहेको छ।