जाजरकोटमा भूकम्पको धक्का महसुस

जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ७ः३८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर यसअघि गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । अझै पनि उक्त क्षेत्र तथा जिल्लामा परकम्प गइरहेको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त क्षेत्रमा हालसम्म ६ सय बढी परकम्प गइसकेको छ ।