दक्षिणकालीको केराबारी खोंचमा मोटरसाइकलसहित भेटियो महिला र पुरुषको शव

दक्षिणकालीको केराबारी खोंचमा मोटरसाइकलसहित भेटियो महिला र पुरुषको शव

काठमाडौँ काठमाडौँको दक्षिणकालीमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा दुई जनाको शव फेला परेको छ। 

दक्षिणकाली नगरपालिका–८ केराबारी भन्ने ठाउँको खोंचमा मृत अवस्थामा २ जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।  ‘उनीहरुको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान हामीले गरेका छौँ,’ अधिकारीले  भने, ‘एक महिला र एक पुरुषको शव फेला परेको हो। केही दिनअघि नै उनीहरु दुर्घटनामा परेको अनुमान हाम्रो छ।’ शवको सनाखतको प्रयास भइरहेको उनले बताए। 

घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि फेला परेको छ। सडकबाट तल अप्ठ्यारो खोँचमा मोटरसाइकल खसेको कारण समयमै दुर्घटनाको विषयमा जानकारी नभएको हुनसक्ने अधिकारीले बताए।  बुधबार साँझ शव फेला परेको हो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।