अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

काठमाडौं । ​संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार परियोजनाको सुरुङ ‘ब्रेक–थ्रु’ कार्य सम्पन्न गरेका छन्। आयोजनाको ७० प्रतिशत बढी काम सकिएको छ । सो अवसरमा उनले परियोजनाका बाँकी काम सम्पन्न गर्ने कार्यमा सहजीकरण र सहयोगका निम्ति सरोकारवाला सबैमा आग्रह गरेका छन्।

 प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ड्यामसाइट र पावारहाउसको हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्। अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने छ । सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ ।

परियोजनामा कुनै अवरोध नभए अबको करिब एक वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ।