इलामको लारूम्बाबाट दमक जाँदै गरेको जीप खोलाले बगायो, दुई जनाको मृत्यु

इलामको लारूम्बाबाट दमक जाँदै गरेको जीप खोलाले बगायो, दुई जनाको  मृत्यु

इलाम। इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ।

इलामको लारूम्बाबाट दमक जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो। जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।

‘जिपमा कति जना सवार भन्ने बारे यकिन भएको छैन। अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने। बच्चाको र महिलाको शव फेला परेको उहाँले बताउनु भयो । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए।