पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो

पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ५६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो।