सुनको भन्सार वृद्धि सडकमा उत्रिए सुनचाँदी व्यवसायी

सुनको भन्सार वृद्धि सडकमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ । भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए । यी दुई माग राखेर व्यवसायी आन्दोलनमा होमिएको उनको भनाइ छ ।‘सुनको आयात परिमाणमा एकातिर सिन्डिकेट गर्ने, अर्कोतिर भन्सार बढाउने, यसले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालन गर्न नसकिने स्थिति भयो,’ शाक्यले भने ।

यो आन्दोलनमा महासंघको पूर्ण रुपमा समर्थन भने देखिँदैन । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले केही व्यवसायी आन्दोलनमा होमिए पनि महासंघले औपचारिक रुपमा आन्दोलनको घोषणा नगरेको बताए ।‘हामीले यस विषयमा सबै व्यवसायीसँग औपचारिक छलफल गरेर प्रक्रियागत रुपमा अघि बढ्छौं,’ बज्राचार्यले