सुनको भन्सार वृद्धि सडकमा उत्रिए सुनचाँदी व्यवसायी

सुनको भन्सार वृद्धि सडकमा उत्रिए सुनचाँदी व्यवसायी

काठमाडौं । सुनचाँदी व्यवसायीले बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गरेका छन् । केही व्यवसायीले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीको दाबी छ । भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले फिर्ता लिन माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भन्सार दर फिर्ता गर्नुपर्ने र सुन आयातमा लगाइँदै आएको दैनिक २० केजी कोटाको व्यवस्था खारेज गर्नुपर्ने बताए । यी दुई माग राखेर व्यवसायी आन्दोलनमा होमिएको उनको भनाइ छ ।‘सुनको आयात परिमाणमा एकातिर सिन्डिकेट गर्ने, अर्कोतिर भन्सार बढाउने, यसले प्रतिस्पर्धात्मक रुपमा व्यवसाय सञ्चालन गर्न नसकिने स्थिति भयो,’ शाक्यले भने ।

यो आन्दोलनमा महासंघको पूर्ण रुपमा समर्थन भने देखिँदैन । महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले केही व्यवसायी आन्दोलनमा होमिए पनि महासंघले औपचारिक रुपमा आन्दोलनको घोषणा नगरेको बताए ।‘हामीले यस विषयमा सबै व्यवसायीसँग औपचारिक छलफल गरेर प्रक्रियागत रुपमा अघि बढ्छौं,’ बज्राचार्यले

छुटाउनुभयो कि ?