चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

चार डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)मा चारजनालाई बढुवाका लागि सिफारिस गरेको छ। 

जनपद प्रहरी समूहतर्फको रिक्त चार प्रहरी उपरीक्षक पदमा चार प्रहरी नायब उपरीक्षकलाई बढुवाका लागि सिफारिस गरिएको हो। 

बढुवा सिफारिस हुनेहरूमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र  एकनारायण कोइराला छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार बढुवा सिफारिस गरेको कार्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?