ठमेलबाट केटा जिस्क्याउने १५ जना महिला पक्राउ, अधिकांश विदेशी

ठमेलबाट केटा जिस्क्याउने १५ जना महिला पक्राउ, अधिकांश विदेशी

काठमाडौं । प्रहरीले ठमेलबाट अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, ज्याकलाइन नकन्दह, भेनेस्सा नमुटेबी, शरीफा सेमिटेगो, नासिङगी रिचेल र केन्या घर भई  ठमेल बस्ने हेलेन अधिम्बो रहेका छन् ।

त्यस्तै नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाडौँको मनमैज’ बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर ९ बस्ने रुबी तामाङ, धनकुटा घर भई  काठमाडौँको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई काठमाडौँको माछापोखरी बस्ने निशा सुनारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?