पयर्टन विकास आयोजनाका सव-इञ्जिनियरद्वय घुससहित पक्राउ

पयर्टन विकास आयोजनाका सव-इञ्जिनियरद्वय घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

निर्माण सम्पन्न पश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै आज पक्राउ गरेको हो।

आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट १७ हजार घुससहित पक्राउ गरेको हो। आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

छुटाउनुभयो कि ?