मन्त्रिपरिषदबाट स्वीकृत भएको सिंगापुर भ्रमण मेयर बालेनले गरे रद्द

मन्त्रिपरिषदबाट स्वीकृत भएको सिंगापुर भ्रमण   मेयर बालेनले गरे रद्द

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सिंगापुर भ्रमण रद्द गरेका छन् ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बालेनको सिंगापुर भ्रमण स्वीकृत गरेको थियो।

सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन जाने उनले स्वीकृति मागेका थिए।

जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा हुन लागेको उक्त समिटमा भाग लिन जान मन्त्रिपरिषद्ले हिजोमात्रै स्वीकृति दिएको थियो।