विपक्षी दलको गठबन्धन बैठकमा माधव नेपाल किन भए सहभागी ?

विपक्षी दलको गठबन्धन बैठकमा माधव नेपाल किन भए सहभागी ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि प्रदेशसम्म विपक्षी गठबन्धनलाई बलियो बनाउने रणनीतिनुसार अगाडि बढेको छ । अहिलेको सत्तारूढ गठबन्धन फुटाएर केन्द्रदेखि प्रदेशसम्म सरकार गठन गर्नेगरी कांग्रेसले विपक्षी गठबन्धन बलियो बनाउन लागेको हो ।

बुधबार कांग्रेसले बोलाएको विपक्षी गठबन्धनको बैठकमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि सहभागी भयो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, मेटमणी चौधरीसहितका नेताहरू सहभागी भएका थिए ।

बैठकमा कांग्रेस, एकीकृत समाजवादीका साथै जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरू सहभागी भएका छन् ।

विपक्षी गठबन्धन बलियो बनाउने, संघीय र प्रदेश सरकारसहित समसामयिक राजनीतिका ’boutमा बैठकमा छलफल भएको छ । मुख्यतः मधेस प्रदेश सरकारका ’boutमा बैठक बढी केन्द्रित भएको स्रोतको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जसपा नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरोजकुमार नेतृत्वको सरकार अल्पमतमा परेको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

संघीय सरकारमा सहभागी जसपा नेपाल विभाजनसँगै सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री थिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले उपेन्द्रले मधेस प्रदेश सरकार जोगाउन विपक्षी गठबन्धनसँग आग्रह गर्दै आएका छन् ।

१ सय ७ सदस्यीय मधेस प्रदेशमा सरकार गठनका लागि ५४ जना सांसद चाहिन्छ । मधेसमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोसपाका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् । कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी पार्टीका ५४ सांसद एकठाउँमा उभिए सरकार जोगिन्छ । तर, जसपा नेपाल विभाजन भएकाले उसका कति सांसद विभाजित दल (अशोक राई)तर्फ जाने अहिले खुलेका छैनन् ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मधेस प्रदेश सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय पार्टीको प्रदेश संसदीय दलले नै निर्णय गर्ने बैठकमा बताए । आफ्नो दलको समर्थनले सरकार जोगिने अवस्थामा प्रदेश संसदीय दलले निर्णय गरेर समर्थन गर्ने उनले आश्वासन दिएका छन् ।

राजधानी दैनिकबाट

यस्तै, बैठकमा सहभागी अन्य शीर्ष नेताहरूले विपक्षी दललाई बलियो बनाउँदै आगामी नेतृत्व लिनेगरी अगाडि बढ्न नेपाललाई आग्रह गरेका छन् । अहिलेको गठबन्धन मुलुक र जनताको हितमा नभएको निष्कर्षसहित बैठकले विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।