‘प्रचण्ड’का दुःख: दल र समूह भेला गर्दागर्दै छुटे ‘जनयुद्ध’का सारथि

‘प्रचण्ड’का दुःख: दल र समूह भेला गर्दागर्दै छुटे ‘जनयुद्ध’का सारथि

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टी एकता घोषणाअघि नै विभाजित भएको छ । विभिन्न ९ दल र समूहबीच बुधबार (आज) पार्टी एकता घोषणा हु“दै छ । पार्टी एकता घोषणा हुनु एक दिनअघि मंगलबार माओवादी विभाजित भएको हो । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मासहितका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । शर्मासँगै पूर्वसचिव राम कार्कीसहितका नेताले समेत माओवादी परित्याग गर्दै प्रगतिशिल अभियान सञ्चालन गर्ने जनाएका छन् ।

पु ष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा भएको १० वर्षे माओवादी शसस्त्र विद्रोह (जसलाई माओवादीले जनयुद्ध भनेर दाबी गर्छ)का ४ जना डेपुटी कमाण्डरमध्येका शर्मा एक हुन् । द्वन्द्वकालदेखि शान्तिकाल हु ँदै संसदीय अभ्याससम्ममा साथ दिएका जनार्दन पहिलोपटक प्रचण्डसँग राजनीतिक रूपमा अलग भएका हुन् । शर्माले माओवादी केन्द्रका स ं योजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको नीतिमा लम्पसार परेको गम्भीर आरोप लगाए ।

उनले देशव्यापी रूपमा प्रगतिशील अभियान चलाउने र देशको नेतृत्व युवाको हातमा पु¥याउने घोषणासमेत गरे । ‘अब देशव्यापी रूपमा युवा पुस्तालाई जोडेर अभियान चलाउने छौं,’ शर्माले भने । ‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ नारासहित शर्मा, कार्कीले समाजवादी ऐक्यबद्धता आह्वानसहित प्रगतिशील अभियान सुरुआत भएको घोषणासमेत गरेका छन् ।

प्रगतिशील अभियानले नेपालमा दशकौंदेखि चल्दै आएका जनआन्दोलन, जनयुद्ध र जनविद्रोहका शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै, देशलाई नयाँ समाजवादी दिशातर्फ उन्मुख गराउन सबै प्रगतिशील शक्ति एकजुट गराउने विश्वाससमेत शर्माले व्यक्त गरे । ‘विद्रोह हरेक पीडित, उत्पीडित र बेवास्ता गरिएको जनताको अधिकार हो । आजको आवश्यकता पुराना गल्तीबाट सिक्दै समाजवादी ऐक्यबद्धतामा नयाँ बाटो खोज्ने हो,’ उनले भने ।

उनले माओवादी आन्दोलन र शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक मोड बताउँदै भने, ‘क्रान्तिको मर्म र शहीदको बलिदानलाई व्यर्थ जान नदिइ समाजवादी राजनीति र जनताको सर्वोच्चतामा आधारित नयाँ दिशा तय गर्नुपर्छ ।’ नेपाली कम्युनिस्ट आन्दोलनभित्रको गुटबन्दी, व्यक्तिवाद र अवसरवादले आन्दोलन कमजोर बनाएको कार्कीले बताए । ‘नेपालको वाम आन्दोलनले जनताको अपार विश्वास पाएको थियो, तर नेताहरूले जनताप्रति जवाफदेही बन्न नसक्दा त्यो ऊर्जा निराशामा परिणत भयो । अब वैचारिक शुद्धता, आत्मसमीक्षा र संगठनात्मक नवजीवनमार्फत नयाँ समाजवादी आन्दोलन खडा गर्नैपर्छ,’ कार्कीले भने ।

माओवादीद्वारा एकता अनुमोदन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आयोजक कमिटीको मंगलबार बसेको बैठकले विभिन्न ९ वाम घटकीच हुने पार्टी एकतालाई अनुमोदन गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकतासम्बन्धी प्रस्ताव बैठकले पारित गरेको बताए । समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै उनले सोही आवश्यकता पूरा गर्न विभिन्न ९ वटा वाम घटकबीच बुधबार (आज) एकता घोषणा हुन लागेको जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका संयोजक प्रचण्डले मुलुकका वामपन्थी पार्टीबीचको एकताबाट समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने वातावरण बनेको बताए । कमलादीस्थित प्रज्ञा भवनमा बसेको माओवादी केन्द्रको बैठकलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनलाई समाजवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुपर्नेमा जोड दिए ।

विभिन्न ९ वाम घटकसँगको एकता असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गरेका नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक प्रचण्डले आग्रह गरे । ‘तपाई ं (जनार्दन) ले आफ्नो निर्णयमा पुनर्विचार गर्न ुस्, पार्टीमा फर्किनुस्, सँगै अघि जानुपर्छ,’ प्रचण्डले भने

एकता घोषणा आज

विभिन्न ९ कम्युनिस्ट दलबीच बुधबार (आज) पार्टी एकता घोषणा हुँदैछ । पार्टी एकताका लागि ती दलले गत आइतबार संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको ने क पा (समाजवादी)का बीचमा पार्टी एकता हुन लागेको हो ।

राजधानी दैनिकबाट