काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी(२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।
अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । दोस्रो पटक भिसा अस्वीकार भएसँगै सन्दीपको विश्वकप सम्भावना लगभग समाप्त भएको छ ।
भिसाको लागि दवाव दिने भन्दै बुधबार सन्दीपका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका थिए । यस प्रकरणपछि अमेरिकी दूतावास थप रुष्ट बनेको स्रोतको दाबी छ ।