भन्सार दर बढेपछि आकासियो सुनको मूल्य, कति पुग्यो तोलाको ?

भन्सार दर बढेपछि आकासियो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ ।  सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि मूल्य निर्धारण गर्दै छापावाल सुन तोलामा १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको जानकारी गराएको हो । 

यस्तै १० ग्राम सुनको मूल्य बिहीबार १ लाख २० हजार ४५५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १९३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ। यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो।