आजको मौसम : पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

हाल कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी,मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।