ललितपुरको पहिरोले एउटा ट्याक्टर र मोटरसाइकल पुर्‍यो

ललितपुरको पहिरोले एउटा ट्याक्टर र मोटरसाइकल पुर्‍यो

ललितपुर । ललितपुरको भट्टेडाँडामा पहिरोले एउटा ट्रयाक्टर र मोटरसाइकल पुरेको छ। पहिरोमा परेर मोटरसाइकलमा सवार दुई जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

मोटरसाइकलमा सवार दुवै को बीएण्डबी अस्पताल ललितपुरमा उपचार भइरहेको पनि एसपी सुवेदीले जानकारी दिए। स १ च ७३१८ नम्बरको ट्रयाक्टर र प्रदेश २–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकल पहिरोमा पुरिएका हुन्। 

मोटरसाइकलमा मकवानपुरतर्फ जाँदै गरेका पर्साका हल्दार मिया मन्सुरी र मोटरसाइकलको पछाडी सवार व्यक्ति घाइते भएका हुन्। पहिरोले भट्टेडाँडाको खरिबासमा अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।