सुनको भाउ घट्यो

काठमाडौं : केही दिन यता उतारचढाव भइरहेको सुनचाँदीको भाउ बुधबार घटेको छ । सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।